बुटवल पावरको नाफा २२.०३% ले कम,आम्दानी र रिजर्भ पनि घट्यो
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा २२.०३ प्रतिशतले कम हो ।

