बलेफि हाईड्रोपावर १६.७२ करोड घाटामा ,विद्युत बिक्री आम्दानी,४१.४२ करोड
काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले १६ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६२.९५ प्रतिशतले बढी हो ।

