नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'
काठमाण्डौ । सत्ता समीकरण फेरबदलसँगै लगानीकर्ताहरु उत्साहित हुँदा सेयर बजार परिसूचक(नेप्से)मा आज कारोबार खुलेदेखि नै उछालको माहौल देखिएको छ । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु प्रसन्न मुद्रामा कारोबार गर्दै बजार नियालिरहेका छन् । केही लामो समयदेखि साइडवेजमा गएको बजारका लागि ब्याजदरमा भएको लगातारको गिरावट, बैंकिंग प्रणालीमा थुप्रिएको तरलता, नीतिगत लचकता लगायत थुप्रै...

