२ हजारको विन्दुमा अडेको बजार प्राविधिक रुपमा अब कता ?
काठमाण्डौ । नेप्सेमा डेढ महिना अघि अर्थात माघ ३ गते करीब १० अर्बको उच्च कारोबार भएको थियो । त्यसपछि शुटिङ स्टार बनाएर खसेको बजार करीब १९७५ सम्म आयो । त्यहाँबाट सानो–सानो अंकले बढेको बजार आज पनि २ हजार माथि टिकेको छ । तर बजारले खासै गति लिन भने सकेको देखिदैन । बजार किन बढ्न सकेन भनेर बजारमा सोधखोज गर्दा लगानीकर्ताहरुको आत्मविश्वासको कमीले बढ्न नसकेको जानकार बताउँछन् ।

