लगानीकर्ता भन्छन्,‘ सेयर बजारमा सुधार ल्याउ, सरकारको नीति भन्छ खाडी तिर जाउँ’
काठमाण्डौ । झण्डै ३ वर्षदेखि सेयर बजारमा आईरहेको एकोहोरो गिरावटका कारण लगानीकर्ता हायल कायल भएका छन् । २०७८ साल भदौ २ गते हालसम्मको उच्च विन्दु ३२ सय चुमकेको सेयर बजार त्यसपछि घटेको घट्यै छ । छिमेकी मूलुक भारत, पाकिस्तात र श्रीलंकको सेयर बजारले नयाँ–नयाँ रेकर्ड कायम गर्दै गर्दा नेपालका सेयर बजार भने विगत ३ वर्षदेखि १८ सय देखि २२ सयको विन्दु वरीपरी रुमल्लिरहेको छ । आफूले...

