लगातार तीन साता घटेको बजारको इचिमकूमा वियरिस मोमेन्टम, कस्तो रहला आगामी हप्ता ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २००५.८३ मा बन्द भएको बजार यो साता १९७२.०९ मा बन्द भयो । यो हिसावले यो साता सेयर बजारमा करिव ३४ अंकको गिरावट आयो । अघिल्लो साता पनि बजारमा ५६ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ११.६१ अर्बको कारोबार भयो ।बजारमा अघिल्लो साता १२.३३ अर्बबराबरको कारोबार भएको...

