मिड सोलु हाईड्रोपावरको ३७ हजार कित्ता बढी सेयरको लक इन अवधि चैत १० गते समाप्त हुने
काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको साधारण सेयरको लक इन अवधि आगामी चैत १० गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको ३७ हजार ४२० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।

