सन नेपाल लाइफ र नेको इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.७६ अंकले घटेर २ हजार ५ विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक १.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.४६ प्रतिशतले घटेको छ । बीमा समूहहरु घट्दा आज...

