कारोबारसँगै बढ्यो नेप्से परिसूचक
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२१ प्रतिशत अर्थात ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४५१.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड...

