नेप्सेको प्राविधिक विश्लेषण: लगानीकर्ताको आत्मविश्वास फर्किँदा बजारमा खरीद दबाब, बुल मार्केटको संकेत !
-सुदर्शन शर्मा काठमाण्डौ । नेप्से परिसूचकमा मंगलबार गतिलो बाउन्स ब्याक भएको छ । यसले लगानीकर्तामा उत्साह थपिदिएको छ । लगातारको सुस्त गतिपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांकले आज उल्लेखनीय उकालो यात्रा गरेको छ। बजार बन्द हुँदा सूचकांक २.४८ प्रतिशतले बढ्दै २५७१.३४ अंकमा पुगेको र प्राविधिक रुपमा यसले बुल ट्रेन्डको सुरुवात भएको बलियो संकेत दिएको छ।

