नेप्से सूचक र कारोबार दुवैमा गिरावट, हेल्दी करेक्सनले सकारात्मक संकेत गरेको विश्लेषकको तर्क
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३४ अंकले घटेर २ हजार ६२२.८९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५६.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड २१ लाख ८५ हजार ३८८...

