दुई मिनेटमै कारोबार स्थगन, लाग्यो नेगेटिभ सर्किट
काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको दुई मिनेटमै बजारमा नेगेटिभ सर्किट लागेको छ। जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो ।
TRENDING
काठमाण्डौ । जेनजी आन्दोलनका कारण बन्द भई सेयर कारोबार खुलेको दुई मिनेटमै बजारमा नेगेटिभ सर्किट लागेको छ। जेनजी आन्दोलनका कारण लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा पनि देखिएको हो ।
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । संस्थाको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी असोज ३१ गतेका लागि डाकिएको...
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । बैठकले आव २०८१/८१ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २१ लाख ७५ हजार ८८८ आवेदकबाट २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयर खरिदका लागि आवेदन...
काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१/८२ को लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने...
काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ । उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २ गतेसम्मका लागि निर्धारण गरिएको थियो । तर नेपाल सरकारले असोज १ गते सार्वजनिक बिदा दिएकाले आईपीओमा आवेदन दिने म्याद थप...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकलेले घोषणा गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता २३८.४२ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, भदौ...
काठमाण्डौ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयरबजार आजबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको भदौ ३१ गतेको निर्देशनबमोजिम आजबाट नियमित सेयर कारोबार सुचारु हुन लागेको हो । बोर्डले असोज १ गतेदेखि नै सेयर बजार खोल्न निर्देशन दिएको थियो । तर असोज १ गते जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउन देशव्यापी बिदा दिएकाले...
काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि सेयर बजार बन्द अवस्थामा छ । लामो समय बन्द रहेको सेयरबजार असोज २ गतेदेखि पुनः खुल्दैछ । बदलिदो अवस्थामा बजारको अबको सम्भावना र भावी दिशा कस्तो हुने हो ? भन्नेमा लगानीकर्ताबीच निकै अन्यौलता छ । नेपालको पूँजीबजारको पछिल्लो अवस्था र आगामी यात्राको विषयमा हामीले सेयर बजारको विषयमा पीएचडी गर्दै गरेका विश्लेषक हरी बहादुर...
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले एक महिनामै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो राखेर झण्डै डेढ खर्ब लोन लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन महिनामा १ खर्ब ४३ अर्ब ७३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ५९.७८ प्रतिशत बढी हो । गत आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ८९ अर्ब ९५ करोड ५३...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । यस्तै कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा...
काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले आईपीओ निष्कासनको तयारी सुरु गरेको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा असोज २५ गते भक्तपुरको राधे राधेमा रहेको हेरिटेज प्यालेसमा आयोजना हुनेछ ।
काठमाण्डौ । पूँजीबजारका एक सक्रिय लगानीकर्ता हुन्, नानी बाबु खरेल । नेपाल सेयरधनी संघका संस्थापक समेत रहेका खरेल पूँजीबजारमा निकै लामो समय सक्रिय रहेका अनुभवी लगानीकर्ता समेत मानिन्छन् । आज हामीले उनै खरेलसँग सेयर बजार तथा राजनीतिको पछिल्लो घटनाक्रमसँगको बारेमा उनको धारणा जान्ने प्रयास गरेका छौं ।पछिल्लो समय जेनजी आन्दोलनका कारण नेपालको राजनीति परिदृश्य बदलिएको छ ।...
डि आर शाक्य नेपाली सेयर बजार यसअघि पनि धेरैपटक अन्यौल र पीडादायी अवस्थाहरुबाट गुज्रेर आजको दिनसम्म आइपुगेको छ । विसं २०५८ साल जेठ १९ गते जब राजपरिवारको विवत्सा हत्या भयो त्यस समयमा पनि देशको भविष्य के होला कता जाने हो भन्ने ? अन्यौलता व्याप्त हुँदा सुरुमा सेयर बजार पीडादायी तरिकाले तल झरेको थियो तर लगानीको क्षेत्र नहुँदा त्यसको केही समयपछि फेरि बजारमा बढोत्तरी देखापयो...
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ निष्कासन असोज ७ गतेदेखि हुने भएको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो । तर देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।...
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको प्रस्तावसहित १८ औं साधारण सभा डाकेको छ ।भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको स्तगित वार्षिक साधारण सभाको मिति पुनःतय गरिएको छ । भदौ २७ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने तय भएको उक्त सभा जेनजी आन्दोलनलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । अब उक्त १० औं साधारण सभा असोज ९ गते पूर्वनिर्धारित समय र स्थानमा आयोजना हुनेछ ।
काठमाण्डौ । श्री एयरलाइन्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । असोज २ गते आयोजना हुने भनिएको कम्पनीको साधारण सभा स्थगित भएको हो । अब उक्त सभा असोज २२ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.