१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.३३ प्रतिशत र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले...

