गोरखा १ मा झिनो मतले पछि परे सुधन गुरुङ
गोरखा । गोरखा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले झिनो अग्रता लिएका छन्।हालसम्मको मत परिणाम अनुसार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत ल्याएका छन्। सुरुवाती चरणदेखि अगाडि रहेका गुरुङ अहिले ४ मतले पछि परेका छन्।

