उम्मेदवारी फिर्ता नलिने आशिका तामाङको स्पष्टोक्ति
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेकी छन्। तामाङले आफ्नो फेसबुक पेजमार्फत पछिल्लो समय फैलाइएका हल्लाप्रति प्रतिक्रिया दिँदै उनले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेकी हुन्।

