दोलखा र सर्लाहीका मतदान केन्द्रमा विवाद, मतदान प्रक्रिया अवरुद्ध
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोलखा र सर्लाहीका दुई मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया केही समयका लागि अवरुद्ध भएको छ।दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा विवाद चर्किएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो। त्यसपछि भीड नियन्त्रण गर्न केही...

