निरन्तर बढ्दै सुनको मूल्य, आजपनि प्रतिऔंस २३ डलरले बढ्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । चीन र अमेरिकाबीचको व्यापार युद्धका विषयमा चासो बढेसँगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बढ्दो तनावका बीच लगानीकर्ताले तुलनात्मक रुपमा सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएका छन् ।

