सुनको मूल्य ८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी रोजगार बजारको तथ्यांक सार्वजनिक भएसँगै आज सुनको मूल्य बढेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.३२ प्रतिशत अर्थात ८.३५ डलरले बढ्दै प्रतिऔंस २ हजार ६४६ डलर कायम भएको छ । डलरको बढ्दो मूल्य र अमेरिकी ट्रेजरी बोन्डको प्रतिफलका कारण केही दिनयता सुनको मूल्यमा दबाब आईरहेको थियो ।

