सुनको मूल्य १ लाख ५० हजार तल झर्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

