सुनको मूल्य दुई साताकै उच्च, एकैदिन ३७ डलरले बढ्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले पुनः२७ सय डलरको आँकडा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २७ डलर पुगेको छ । यो मूल्य विगत २ साताकै उच्च हो ।

