सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।