आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

