सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ११ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ११.७५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६३२ डलर कायम भएको छ ।

