सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेकोे छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

