आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

