एमसीए नेपालले गर्यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता
काठमाण्डौ। एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ। बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माण सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

