बलेफि हाईड्रोपावरको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज काठमाण्डौको नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो । उक्त विशेष सभामा सञ्चालकहरुको नियुक्ती र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गरिनेछ ।