शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६१ करोड २८ लाखको खरिद भएको छ भने ६७ करोड ५६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ९९ लाखको खरिद भएको छ भने ३२ करोड ५४ लाखको बिक्री भएको छ ।