नेप्सेमा २४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र रुरु जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेशनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४० कित्ता र रुरु जलविद्युत कम्पनीको ७ लाख ३९ हजार ९८५.४८ कित्ता गरी २४ लाख ८५३.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।