किन टिक्न सकेन सेयरबजारको अघिल्लो दिनको बढोत्तरी, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
काठमाण्डौ । अघिल्लो दिन ५३ अंकले बढेको बजार बिहिबार ३८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । यद्यपी पछिल्लो २ दिनको बजारमा भने २० दिनको औषत कारोबार बराबर भोल्युम आएको छ । अघिल्लो दिनको कारोबार टिक्न नसक्नुमा विभिन्न जानकारहरुका विभिन्न तर्क रहँदै आएका छन् । केहीले आउँदै गरेको चाडपर्वको प्रभाव बजारमा परेको बताएका छन् । केहीले भने बजारमा अल्पकालिन...