अमेरिकामा महँगी २ बर्षकै उच्च, सेयर बजारमा पहिरो
काठमाण्डौ । अमेरिकामा यो महिनाको मुद्रास्फिति दर ३ प्रतिशत पुगेको छ । यो भनेको जुन महिनापछिकै उच्च हो । खासगरि राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशबाट आयातित बस्तुहरुमा करको दर बढाएपछि महंगी बढ्न थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।