७० दिनमै ७५० अर्ब डलरको कमाई ! अमेजनलाई पछार्ने तयारीमा यो कम्पनी
नयाँ दिल्ली । दुई वर्ष पहिले, अमेरिका बाहिर सायदै कसैले Nvidia को नाम सुनेको थियो। तर आज यो एआई चिप निर्माण गर्ने कम्पनी अर्बपति व्यापारी जेफ बेजोसको विशाल ईकमर्स कम्पनी अमेजनलाई हराउन धेरैनजिक पुगेको छ। यस कम्पनीको अक्टोबर ३१, २०२३ मा बजार पुँजीकरण ९५० अर्ब डलर थियो, जुन आज १.७ ट्रिलियन डलर पुगेको छ । यसको मार्केट क्याप ७० व्यापारिक दिनहरूमा ७५० बिलियन डलरले बढेको छ । यसको...

