मंगलवार, बैशाख १५,२०८३ 09:35:56
Bizshala
  • मंगलवार, बैशाख १५,२०८३ 09:35:56

तेश्रो त्रैमासमा कसको कस्तो प्रगति ?

बिजशालाको लाइभ अपडेटमा स्वागत छ । बैंक तथा वित्तीय संस्थाहरुमध्ये धेरै कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशित गरेका छन् । कसको वित्तीय प्रगति कस्तो छ ? आज दिनभर हामी तपाईहरुलाई लाइभ अपडेट गराउनेछौं । हामीसँगै रहनुहोला ।

Live Update 5 मिनेट अगाडी

लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो

लुम्बिनी विकास बैंकको नाफामा १०२८% को उछाल, ईपीएस २०.६७ रुपैयाँ पुग्यो

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको समग्र वित्तीय अवस्थामा आकर्षक सुधार आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा अब्बल प्रदर्शन गरेको छ ।

तेस्रो त्रैमाससम्म बैंकले ५६ करोड १६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०२८.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म भने बैंकले ४ करोड ९७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

Live Update 21 मिनेट अगाडी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३०% को गिरावट, वितरणयोग्य मुनाफा ३.१० अर्बले ऋणात्मक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३०% को गिरावट, वितरणयोग्य मुनाफा ३.१० अर्बले ऋणात्मक

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा ३०.६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको खुद नाफा घटेर ३ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ ।

बैंकको खुद ब्याज आम्दानी पनि ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ । अघिल्लो आवमा १ अर्ब ५२ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ६३ करोड पुगेको छ ।

Live Update 39 मिनेट अगाडी

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा १७१% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य घट्यो

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा १७१% ले वृद्धि, खराब कर्जा अनुपात उल्लेख्य घट्यो

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा १७१.४२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ करोड ७७ लाख रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि २३.२७ प्रतिशतले बढेर ६ करोड ७७ लाख पुगेको छ । यस्तै खुद सञ्चालन आम्दानी ५ करोड २२ लाखबाट बढेर १३ करोड ३९ लाख र सञ्चालन मुनाफा २ करोड ४८ लाखबाट बढेर ९ करोड ६० लाख पुगेको छ ।

Live Update 1 घण्टा अगाडी

एनआईसी एशिया बैंकले कमायो १४.०३ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

एनआईसी एशिया बैंकले कमायो १४.०३ करोड नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा यस्तो देखिएको हो ।

अघिल्लो आवको सोही अवधिसम्म पनि बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोडले ऋणात्मक थियो ।

Live Update 1 घण्टा अगाडी

प्रभू बैंकको अवस्था थप जर्जरः खराब कर्जा बढेर ९% नजिक, आरओई घटेर ३.३०% मा सीमित

प्रभू बैंकको अवस्था थप जर्जरः खराब कर्जा बढेर ९% नजिक, आरओई घटेर ३.३०% मा सीमित

काठमाण्डौ । प्रभू बैंक लिमीटेड थप जर्जर बनेको छ । केही ठूला कर्जाहरुको घोटालाका कारण समस्यामा फसेको यो बैंकलाई सुधारका लागि राष्ट्रबैंकको गभर्नर डा. विश्वनाथ पौडेलको ठाडो आदेशमा सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिए पनि उनले अवस्थालाई अझै ट्रयाकमा ल्याउन नसकेका वित्तीय विवरणले देखाएको छ ।

समस्यै समस्यामा फसेर केन्द्रीय बैंकले नै टेकओभर गर्ने अवस्थाबाट फर्किएको बैंकलाई सुमन शर्माले नेतृत्व दिन थालेपछि अवस्थामा तात्विक भिन्नताको कुनै संकेत नै नदेखिएको र संस्थाभित्र उल्टो गुटबन्दी, विभेद र असन्तुष्टि व्यापक रहेको कर्मचारीहरुले गुनासो गरिरहेको बेला वित्तीय विवरण पनि सन्तोषजनक नआएको हो ।

Loading more updates...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X