NEWS

ओली भोलि नै प्रधानमन्त्री बन्ने

काठमाण्डौ। नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (शुक्रबार) नै नयाँ सरकार गठनको तयारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी भइरहेको स्रोतले बताएको छ।