बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा
काठमाण्डौ । बैंकर तथा उद्यमी भरतराज ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा संसदीय निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर लामो समयदेखि सक्रिय रहँदै आएका ढकालको उम्मेदवारीले स्थानीयस्तरमा चासो बढाएको छ।

