मंगलवार, फाल्गुन २६,२०८२ 12:09:10
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 12:09:10
Bizshala
Global IME Bank Limited

अभागी भूपदेवः बालेनको खास मान्छे बने, घण्टीको सुनामी आएकै बेला नमीठो हार व्यहोरे

Hyundai Nepal
अभागी भूपदेवः बालेनको खास मान्छे बने, घण्टीको सुनामी आएकै बेला नमीठो हार व्यहोरे
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशभर जबरजस्त लहर छ । यहीकारण प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा दुईतिहाई बहुमत नजिक पुगेको छ ।  

रास्वपाले यो पटकको निर्वाचनमा ऐतिहासिक जित निकालिसकेको छ । एमाले, कांगे्रस, माओवादी, मधेशवादीजस्ता परम्परागत राजनीतिक शक्तिहरुका वर्षौदेखिका किल्ला रास्वपाको पक्षमा आएको जनमतको सुनामीले तहसनहस बनाइदिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कतिपय क्षेत्रमा उठेर चुनाव जितेका रास्वपाको उम्मेद्वारहरुको अनुहार हेर्दा त्यहाँ जुनसुकै पात्र उठेको भए पनि जित्थ्यो भन्ने धेरैलाई लागेको छ र यथार्थ पनि त्यस्तै नै छ । उदाहरणका लागि मधेशको एक सिटमा उम्मेद्वारी खारेजीमा परेका रास्वपाका उम्मेद्वारको पक्षमा प्रचण्ड बहुमत आएको छ ।  

यसरी हेर्दा रास्वपाको ऐतिहासिक आँधीहुरी र जनमतको सुनामी आएकै बेला भावी प्रधानमन्त्रीको रुपमा रास्वपाको पक्षमा जबरजस्त माहौल तयार गरेका सो दलका वरिष्ठ नेता बालेन शाहलाई भने झट्का लागेको छ । बालेनले चुनावी अभियानमा समेत विशेष समय दिएका आफ्नै प्रिय पात्रलाई संसद सदस्य बनाउन सकेनन् ।  

काठमाण्डौ महानगरपालिकाको मेयरको चुनावी दौडदेखि नै बालेनको दाहिने हात भएर काम गरेका तथा मेयर भइसकेपछि समेत स्वकीय सचिव तथा सल्लाहकारको रुपमा सक्रिय भूपदेव शाहले शर्मनाक पराजय व्यहोरेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

शाह बालेन टिमको थिंकट्यांकको रुपमा समेत चिनिन्छन् । बालेन राजनीतिमा प्रवेश गरेदेखि नै उनले अनवरत साथ दिइरहेका छन् । यसपटक देशभर बालेन प्रभावले काम गरे पनि उनी भने अपवाद बन्न पुगे ।  

भूपदेव शाह यसपटकको संसदीय निर्वाचनमा अछाम २ बाट उठेका थिए । तर सो क्षेत्रमा चौथो स्थानमा सीमित बन्न पुगे । विजयी उम्मेद्वारभन्दा आधा कम मतमा सीमित भए ।

सो स्थानमा एमालेका यज्ञबहादुर बोगटीले ९ हजार ५१८ मतसहित जित निकाले ।

दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए भने तेश्रो स्थानमा रहेका नेकपाका उम्मेद्वार बलबहादुर कुँवरले  ६ हजार ४९३ मा चित्त बुझाउनुपर्यो ।  

रास्वपाको उम्मेद्वारको रुपमा चुनावमा होमिएका भूपदेवको भने ४ हजार ५६२ मत मात्रै आयो ।

चुनावी अभियानमा सरिक हुन बालेन भूपदेवको अछाम-२ मा पनि पुगेका थिए । तर, बालेनको जादू त्यहाँ चलेन । 
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.