एकैदिन डाकियो मन्त्रिपरिषद् र गभर्नर सिफारिस समितिको बैठक, विश्व पौडेल नयाँ गभर्नर बन्ने पक्कापक्की
काठमाण्डौ । सरकारले आजका लागि मन्त्रिपरिषद् बैठक डाकेको छ । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्नेगरी डाकिएको हो । सोमबारका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै स्थगित भएको थियो । बैठक डाकिनुअघि आज प्रधानमनत्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल समेत भएको थियो ।