प्रधानमन्त्री उद्धार कोषमा प्राइम बैंकको रु. ३१ लाख सहयोग
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि रु. ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।आज एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको तर्फबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।