राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।