साझा पावरको साधारण सभा सम्पन्न, ३०५ करोडको ऋण सम्झौता अनुमोदन
काठमाण्डौ । साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा होटल क्रिष्टल, पशुपति, गौशालामा सम्पन्न भएको छ। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष कुवेरमणी नेपालले गरेका थिए।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष...

