काठमाण्डौ । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १७ औं र १८ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी जेठ ३१ गते काठमाण्डौको बालुवाटारमा रहेको बालुवाटार प्यालेसमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारण सेयरधनीले प्रतिनिधित्व गर्ने गरी १ जना महिलासहित ५ जना सञ्चालकको चयन/निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिबाट प्रस्तुत हुने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा भाग लिनका लागि योग्य हुनेछन् ।

