आईतवार, बैशाख २०,२०८३ 11:06:13
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 11:06:13
तरलता व्यवस्थापनका लागि आज बजारबाट एकैपटक ९० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

तरलता व्यवस्थापनका लागि आज बजारबाट एकैपटक ९० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

एभरेष्ट बैंक र चिनो हाईड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति
BANKING

एभरेष्ट बैंक र चिनो हाईड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रु १२६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाईड्रो पावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

बैंकमा खाता खोल्दा ग्राहक पहिचान तथा सम्पुष्टिका बारेमा यस्तो छ व्यवस्था
BANKING

बैंकमा खाता खोल्दा ग्राहक पहिचान तथा सम्पुष्टिका बारेमा यस्तो छ व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूको खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्नुपर्दछ ।तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा विदेशमै बसी अनलाइनमार्फत...

बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४१ रुपैयाँ र बिक्रीदर १३८.०१ रुपैयाँ कायम थियो ।  

सिटिजन्स बैंकका ग्राहकले द सोल्टी होटल एण्ड रिसोर्टमा विशेष छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले द सोल्टी होटल एण्ड रिसोर्टमा विशेष छुट पाउने

 काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौस्थित द सोल्टी होटल एण्ड रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द सोल्टी होटल एण्ड रिसोर्टको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
BANKING

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौ । एनएमबि बैंक तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण...

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
NEPAL RASTRA BANK

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको जनाएको छ ।  राष्ट्र बैंकले रु.१० दरको साविककै आकार तथा रङ्गमा सङ्केत नं. ३२०००००१ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट...

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५८.७८ रुपैयाँ र बिक्रीदर १५९.४७ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.४४ रुपैयाँ र बिक्रीदर १८७.२६ रुपैयाँ कायम छ ।  

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच विशेष छुट सम्झौता
BANKING

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाण्डौ । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनास ताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच  बैंकका ग्राहक तथा कर्मचारीहरुलाई होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
BANKING

नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाई तथा नव नियुक्त गभर्नर डा.  विश्वनाथ पौडेललाई स्वागत कार्यक्रमको आयोजना गरेको छ ।    कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । उनले कोभिड–१९ महामारीको...

कामना सेवा विकासद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
BANKING

कामना सेवा विकासद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाण्डौका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु,...

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरु सम्मानित
BANKING

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरु सम्मानित

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ ।  बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्षसम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याएबापत ३६ जना कर्मचारीहरुलाई काठमाण्डौमा आयोजित एक...

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जुअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ ।  

विकास बैंकहरुको नाफा ५.४०% ले घट्यो, ५ वटा अझै घाटामा
BANKING

विकास बैंकहरुको नाफा ५.४०% ले घट्यो, ५ वटा अझै घाटामा

काठमाण्डौ । विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा...

राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
BANKING

राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।  कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रहेका छन् । यो कार्यदलको...

वाणिज्य बैंकहरुले कमाए रु.४७.७९ अर्ब नाफा, १० वटाको बढ्यो
BANKING

वाणिज्य बैंकहरुले कमाए रु.४७.७९ अर्ब नाफा, १० वटाको बढ्यो

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको खुद नाफा १.६७ प्रतिशतले घटेको छ ।  चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ८१ करोडढ २० लाख रुपैयाँ कम हो । गत आवको सोही अवधिसम्म वाणिज्य...

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन
BANKING

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम...

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी
BANKING

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.