नेपाल एसबिआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम कुमार तिवारी नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

