IME remit
  • मंगलवार, कार्तिक ४,२०८२ 06:32:38
IME remit
Global IME Bank Limited

फागुन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?

Hyundai Nepal
फागुन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।  

फागुन महिनाका लागि ग्लोलब आइएमई बैंकले ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ ।  

फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल बैंक लिमिटेड

बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ४.१५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

प्रभु बैंक  

प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ ।  बैंकले फागुन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।    

एभरेष्ट बैंक  

बैंकले पनि फागुन महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले फागुन महिनाका व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।  

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ ।  

सानिमा बैंक  

सानिमा बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।  

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

ग्लोबल आइएमई बैंक  

बैंकले पनि फागुन महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । माघ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

नबिल बैंक  

फागुन महिनाका लागि नबिल बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन  । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

एनएमबी बैंक  

बैंकले पनि फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कृषि विकास बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

माछापुच्छ्रे बैंक  

बैंकले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

कुमारी बैंक  

कुमारी बैंकले पनि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.