काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्यारेन्स लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । फागुन १५ गते सम्पन्न कम्पनीको ३१ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ का लागि पारित ३० प्रतिशत नगद लाभांश (कर समेत)फागुन १५ गतेदेखिनै एनएमबी क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।
साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्ममा कायम सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएकाहरुलाई नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको छ कम्पनीले जनाएको छ।
हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपश्चात् सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले उल्लेख गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                