बिहीबार, असार ११,२०८३ 06:40:25
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:40:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिखर इन्स्योरेन्सद्वारा भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक

Laxmi Sunrise Bank Limited
शिखर इन्स्योरेन्सद्वारा भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो यो नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको छ। जब जीवनले लडाउँछ, तब मिलेर उठ्नुपर्छ र उठ्नका लागि साथ दिनेहरूको महत्व यस कथाले देखाएको छ ।

फिल्म एक परिवारको कथा हो । जुन कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ उनसे आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् । कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ, जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ । जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। 

New Office
CG Motors
Garima Development Bank

यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ । जसको महत्व कान्छो छोरालाई धेरै पछि मात्र भयो । कथा सन्तानका लागि आफ्नो खुसी त्याग्ने आमाहरू जीवनका हरेक चुनौतीसँग सँगे भने दाजुभाइ तथा दिदीबहिनीहरू, दुई दशकदेखि शिखर इन्स्योरेन्समाथि विश्वास राख्ने ग्राहकहरू र आवश्यक पर्दा आपत विपतमा सहयोगी हात बन्ने हरेक शिखर इन्स्योरेन्सका कर्मचारीहरूलाई समर्पित गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खुसीलाई सुरक्षित गर्न शिखर इन्स्योरेन्स सधैं साथमा छ भन्ने सन्देशको साथ फिल्म अन्त्य हुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् :

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.