काठमाण्डौ । विवाह उत्सव होस् वा जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।
एकछिनमा ओइलाउने फूलका बुकी र अन्य खेर जाने सामानभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । यसैबीच ओखलढुंगा, मानेभञ्ज्याङ ९ की प्रमिला खड्काले आफ्नी छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएकी छिन् । प्रमिलाले छोरी सर्बिका खत्रीलाई नेशनल लाइफ इन्स्योरेन्सको ‘बाल अमृत (सावधिक)जीवन बीमालेख–४’नामक पोलिसी खरिद गरेर उपहार दिएकी हुन् ।
उनले १० लाख रुपैयाँ बीमाङ्क रकम बराबरको पोलिसी खरिद गरेर उपहार दिएकी बताइन् । ‘जन्मदिनमा अन्य सामान दिएर क्षणिक खुशि दिलाउनुभन्दा जीवन बीमा पोलिसी उपहार दिंदा भविष्यमा छोरीको जीवन सुरक्षित र सहज हुने भएकाले पोलिसी उपहार दिएकी हुँ’ उनले भनिन्, ‘न्यूनतम बीमाशुल्क उच्चतम सुरक्षा प्रदान गर्ने हुँदा नेशनल लाइफकै यो बीमालेख छानेकी हुँ ।’
नेशनल लाइफ इन्स्योरेन्सले गत माघ महिनामा ल्याएको यो बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गर्दछ ।
यस योजनामा प्रस्तावको न्युनतम् उमेर २० वर्ष र अधिकतम् वर्ष ५० रहेको हुनुपर्ने छ । यस्तै, अधिकतम् बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीका अनुसार यस नयाँ योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक गरेर चार तरिकाबाट बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                