बिहीबार, असार ११,२०८३ 04:46:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:46:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जन्मदिनमा प्रमिलाले दिइन् छोरीलाई बीमा पोलिसी उपहार

Laxmi Sunrise Bank Limited
जन्मदिनमा प्रमिलाले दिइन् छोरीलाई बीमा पोलिसी उपहार

काठमाण्डौ । विवाह उत्सव होस् वा जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।  

एकछिनमा ओइलाउने फूलका बुकी र अन्य खेर जाने सामानभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । यसैबीच ओखलढुंगा, मानेभञ्ज्याङ ९ की प्रमिला खड्काले आफ्नी छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएकी छिन् । प्रमिलाले छोरी सर्बिका खत्रीलाई नेशनल लाइफ इन्स्योरेन्सको ‘बाल अमृत (सावधिक)जीवन बीमालेख–४’नामक पोलिसी खरिद गरेर उपहार दिएकी हुन् ।  

New Office
CG Motors
Garima Development Bank

उनले १० लाख रुपैयाँ बीमाङ्क रकम बराबरको पोलिसी खरिद गरेर उपहार दिएकी बताइन् । ‘जन्मदिनमा अन्य सामान दिएर क्षणिक खुशि दिलाउनुभन्दा जीवन बीमा पोलिसी उपहार दिंदा भविष्यमा छोरीको जीवन सुरक्षित र सहज हुने भएकाले पोलिसी उपहार दिएकी हुँ’ उनले भनिन्, ‘न्यूनतम बीमाशुल्क उच्चतम सुरक्षा प्रदान गर्ने हुँदा नेशनल लाइफकै यो बीमालेख छानेकी हुँ ।’

नेशनल लाइफ इन्स्योरेन्सले गत माघ महिनामा ल्याएको यो बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गर्दछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस योजनामा प्रस्तावको न्युनतम् उमेर २० वर्ष र अधिकतम् वर्ष ५० रहेको हुनुपर्ने छ । यस्तै, अधिकतम् बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीका अनुसार यस नयाँ योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक गरेर चार तरिकाबाट बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.