बिहीबार, असार ११,२०८३ 04:48:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:48:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफमा दुई वाणिज्य बैंकको सर्वाधिक लगानी, कुनको कति ?

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाइफमा दुई वाणिज्य बैंकको सर्वाधिक लगानी, कुनको कति ?

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरुको संख्या १३ पुगेको छ ।  

कम्पनीमा ७० प्रतिशत संस्थापक समूहको र ३० प्रतिशत सर्वसाधारणको सेयर हिस्सा छ । संस्थापकतर्फ १६.२५ प्रतिशत नेपाली संघसंस्थाहरुको र ५३.७५ प्रतिशत नेपाली नागरिकको लगानी छ भने सर्वसाधारणतर्फ २८.७५ प्रतिशत साधारण व्यक्तिको र १.२५ प्रतिशत अन्यको लगानी रहेको छ ।  

कम्पनीमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका १३ सेयरधनीहरुम सबैभन्दा धेरै सेयर हिस्सा सानिमा बैंकको रहेको छ । बैंकको ६.९७ प्रतिशत वा २९ लाख १७ हजार ६०० कित्ता सेयर स्वामित्व छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, दोस्रो बढी लगानी सिद्धार्थ बैंकको छ । बैंकको ६.३१ प्रतिशत वा २६ लाख ४० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।  

तेस्रो बढी लगानी जिवानाथ लामिछानेको ५.६९ प्रतिशत सेयर लगानी रहेको छ । लामिछानेको कुल २३ लाख ८० हजार ९७० कित्ता सेयर स्वामित्व रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै घनश्याम थापाको ३.२३ प्रतिशत अर्थात् १३ लाख ५१ हजार ४७४ कित्ता, अरुण कुमार ओझाको ३.०३ प्रतिशत अर्थात् १२ लाख ६६ हजार ३० कित्ता, बिनय कुमार श्रेष्ठको ३ प्रतिशत अर्थात् १२ लाख ५५ हजार ६१० कित्ता, अग्नि होल्डिङ प्रा।लि।को २.३९ प्रतिशत अर्थात् १० लाख कित्ता, टेक राज निरौलाको २.२२ प्रतिशत अर्थात ९ लाख २७ हजार ३८० कित्ता, शाम्बा लामाको १.७४ प्रतिशत, ७ लाख २९ हजार ४०० कित्ता, खेमराज लामिछानेको १.७२ प्रतिशत अर्थात् ७ लाख १८ हजार ९८० कित्ता, सोनम ग्यात्सोको १.४९ प्रतिशत अर्थात् ६ लाख २५ हजार २०० कित्ता, प्रभा गोयङ्काको १.३९ प्रतिशत अर्थात् ५ लाख ८३ हजार ५३० कित्ता र सविता केडियाको १।१६ प्रतिशत अर्थात् ४ लाख ८६ हजार कित्ता सेयर स्वामित्वमा रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.