बिहीबार, असार ११,२०८३ 04:46:12
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:46:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ जारी गर्न लागेका लघुबीमकको व्यवसाय २५१.०१% ले वृद्धि, कुनको कति ?

Laxmi Sunrise Bank Limited
आईपीओ जारी गर्न लागेका लघुबीमकको व्यवसाय २५१.०१% ले वृद्धि, कुनको कति ?

काठमाण्डौ । आईपीओ जारी गर्न लागेका लघुबीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ७ लघुबीमा कम्पनीले चालु आवको ८ महिनासम्ममा एक अर्ब ३० करोड ४२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

प्राधिकरणका अनुसार जीवन लघुबीमकहरुले सो अवधिसम्म ७२ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने निर्जीवन लघुबीमकहरुले ५७ करोड ९६ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

लघुबीमा कम्पनीहरुको व्यवसाय उल्लेख्य बढेको छ । गत आवको सोही अवधिसम्म लघुबीमकहरुबाट १६ करोड २३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन भएकोमा चालु आवको यस अवधिसम्म २५७.०१ प्रतिशत बढेर ५७ करोड ९६ लाख रुपैयाँमाथि प्रिमियम कलेक्सन भएको छ ।  

निर्जीवनतर्फको ट्रस्ट माइक्रो इन्स्योरेन्स यस वर्षभित्र मात्रै सञ्चालनमा आएकाले पनि लघुबीमकहरुको ओभरल बिजनेश ग्रोथ देखिएको हो । लघुबीमकहरुमा सर्वाधिक प्रिमियम भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीले २८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले २६ करोड ६४ लाख, लिवर्टी माइक्रो लाइफले १७ करोड ७६ लाख, निर्जीवनतर्फको नेपाल माइक्रो इन्स्योरेन्सले १६ करोड ६४ लाख, प्रोटेक्टिभ माइक्रोले १४ करोड ६३ लाख, स्टार माइक्रोले १३ करोड ५१ लाख र ट्रस्ट माइक्रोले १३ करोड १६ लाख रुपैयाँ प्रिमिमय संकलन गरेको छ ।  

बिजनेश ग्रोथमा भने लिबर्टी अगाडी देखिएको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा २४६०.५३ प्रतिशत बृद्धि भएको छ ।  

त्यस्तै, गार्डियन माइक्रो लाइफको १६६४.३८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफले ६३७ प्रतिशत, स्टार माइक्रोको ५९४.३९ प्रतिशत, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ३२०.५५ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको २३९.०१ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लघुबीमा कम्पनीहरु आइपीओ निष्कासनको तयारीमा छन् । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम लघुबीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम तीन लघुबीमक गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गरिसकेका छन् ।  

लिबर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले  भने आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् तर बोर्डबाट स्वीकृत हुन बाँकी छ । सोमध्ये ट्रस्ट माइक्रोले भने हालसम्म बोर्डमा निवेदन दिएको छैन । आइपीओ जारी गर्न लघुबीमा कम्पनी सञ्चालनमा आएको एक वर्ष पुरा हुनुपर्ने लघुबीमा संस्थापना निर्देशिकामा उल्लेख छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.