बिहीबार, असार ११,२०८३ 04:46:19
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:46:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सगरमाथामा थुप्रिएको फोहोरलाई रिसाइकल गर्न नेपाल लाइफको साझेदारी

Laxmi Sunrise Bank Limited
सगरमाथामा थुप्रिएको फोहोरलाई रिसाइकल गर्न नेपाल लाइफको साझेदारी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले लगानी विविधिकरणमा जोड दिदै सगरमाथामा हुने फोहोर व्यवस्थापनका लागि पनि लगानी गर्ने भएको छ ।  

कम्पनीको अगुवाइमा सगरमाथा क्षेत्रमा सरसफाईका लागि ‘प्रोजेक्ट केयर’अभियान सञ्चालन हुन लागेको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच सगमाथा सरसफाई अभियानका लागि समझदारी भएको हो ।  

उक्त अभियानका लागि प्राविधिक पार्टनरका रुपमा सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसी)सँग आबद्ध रहनेछ ।  

उक्त कार्यक्रममा नेपाल लाईफका सीईओ प्रविण रमण पराजुलीले सगरमाथामा थुप्रिएको फोहोर सफा गर्ने अभियानमा एसपीसीसी र राउन्ड टेबल नेपालसँग सहकार्य गरेको बताए ।  

New Office
CG Motors
Garima Development Bank

‘नेपाल लाइफले शिक्षा क्षेत्र लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै विविधिकरणमा जोड दिदै आइरहेको छ’ उनले भने, ‘सगरमाथामा थुप्रिएको फोहोर सफागरि त्यस फोहोरलाई रिसाइकल गर्ने हेतुले यो समझदारी गरिएको हो ।’

साथै कम्पनीले पब्लिकको पैसालाई सहि क्षेत्रमा लगानी गर्ने उनले बताए । ‘पब्लिक कम्पनी भइसकेपछि पब्लिकको पैसालाई कुन सेक्टरमा लगानी गर्दा राम्रो हुन्छ त्यो कम्पनीले सोच्नुपर्छ’ उनले भने, ‘यो सेक्टरमा लगानी गर्नुको मुख्य उद्देश्य भनेको प्रतिफलभन्दा पनि सगरमाथा जस्तो क्षेत्रमा जम्मा भएको फोहोरलाई सफा गरेर त्यस्ता फोहोर वस्तुलाई पुनःप्रयोगमा ल्याउनु हो ।’

साथै सगरमाथा जस्तो क्षेत्र प्रदुषित हुँदा ग्लोबल वार्मिङ भई बीमा क्षेत्रमा समेत असर पार्ने देखिएकाले यो समझदारी गर्न लागिएको पराजुलीले बताए ।  

उक्त अभियानमा प्राविधिक पार्टनरको रुपमा रहेका एसपीसीका संयोजक छिरिङ शेर्पाले नेपाल लाइफ र राउन्ट टेबलसँगको सहकार्यमा सगरमाथा सफाहुने विश्वास व्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न हामी शेर्पा समुदायको संस्था एसपीसीले मुख्य भूमिका निर्वाह गर्नेछ’ उनले भने, ‘कुहिने फोहोरलाई हिमाली क्षेत्रमा नै गाड्ने र नकुहिने फोहोरलाई याकको सहायतामा तलसम्म झारेर काठमाण्डौ लगि पुनःप्रयोगमा ल्याउने यस अभियानको मुख्य उद्देश्य हो ।’

साथै राउन्ड टेबलका अध्यक्ष प्रवेश अग्रवालले विभिन्न क्षेत्रमा काम गर्ने दौरानमा फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्न लागेको बताए । ‘राउन्ड टेबल नेपालले वातावरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विगत २५ वर्षदेखि काम गर्दै आएको छ’ उनले भने, सगरमाथामा भइरहेको प्रदूषण नियन्त्रण गर्न नेपाल लाइफसँगको सहकार्यमा यो अभियान सञ्चालन हुन लागेको हो ।’

यस अभियानका लागि नेपाल लाइफले सुरुवातमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.